काठमाडौं । विन नेपाल लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्काशन गर्ने अनुमति पाएको छ । बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
यस संगै अब कम्पनीले ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गर्ने छ । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गर्ने छ। आज फागुन १ गतेको अन्तिम कारोबारपछि कम्पनीको शेयर मूल्य २७०५ रुपैयाँ ५० पैसा रहेको छ।
कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धक चयन गरेको छ।

