काठमाडौँ । साताको अन्तिम कारोबार दिन सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
बढेसँगै शुक्रबारका लागि सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार एकैदिन सुन प्रतितोला २३ सय रुपैयाँले बढेको थियो ।
यस्तै, शुक्रबार सुुनसँगै चाँदीको मूल्य समेत बढेको छ । तथ्यांक अनुसार शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको थियो ।

