२०८३, आश्विन २२ गते

images
  • समाचार
  • डिभाइडरमा ठोक्किएपछि त्रिशूलीमा खसे चालक, झोलामा...

डिभाइडरमा ठोक्किएपछि त्रिशूलीमा खसे चालक, झोलामा भेटियो लमजुङका रोहित रानाको बिलबुक

डिभाइडरमा ठोक्किएपछि त्रिशूलीमा खसे चालक, झोलामा भेटियो लमजुङका रोहित रानाको बिलबुक

शुक्रवार, फाल्गुण २ २०८१०१:१७
शुक्रवार, फाल्गुण २ २०८१०१:१७
  • images

    काठमाडौं ।  चितवनको नारायणगढबाट मुग्लीनतर्फ आउँदै गरेको एक मोटरसाइकल चालक त्रिशूली नदीमा बेपत्ता भएका छन् । मोटरसाइकल सडक छेउको डिभाइडरमा ठोक्किएपछि उनी नदीमा खसेका थिए । एउटा पर्स चट्टाने भीरमा फेला परेको र खसेका व्यक्ति उनै हुन सक्ने प्रहरीले जनाएको छ ।

    चितवन प्रहरीका अनुसार पर्समा भेटिएको कागजातका आधारमा उनी भारतीय सेनाको ‘गोर्खा राइफल्स’ मा कार्यरत २७ वर्षीय रोहित राना रहेका छन् । लमजुङ घर भएका रानाको पर्समा भारतीय परिचयपत्र पनि फेला परेको छ ।

    शुक्रबार बिहान ११ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चट्टाने भीर क्षेत्रबाट उनले चलाएको बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इनफिल्ड मोटरसाइकल दुर्घटनामा परेको थियो । सडकबाट करिब १५० मिटर तल त्रिशूली नदीमा उनी खसेको जनाइएको छ । प्रहरीले मोटरसाइकल भने सडकमै रहेको जनाएको छ।

    दुर्घटनास्थलनजिकै माछा मारिरहेका माझीहरूले सडकबाट मान्छे उछिट्टिएको देखेको बताएका छन् । सोही आधारमा सशस्त्रको गोताखोरको टोली, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजी सुरु भएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend