२०८३, आश्विन २२ गते

images

साताको पहिलो कारोबार दिन ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, फाल्गुण ४ २०८११०:४२
आइतवार, फाल्गुण ४ २०८११०:४२
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै सुनचाँदी दुबैको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो । 

    गत शुक्रबार तोलामा एक लाख ७० हजार २ सय नाघेको सुन आइतबार घटेर १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

    यस्तै, शुक्रबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ९ ससय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेसँगै प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend