काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाइनुपर्ने माग गरेकी छन् ।
आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाउँदा नेपालमा उत्पादन हुने स्यानिटरी प्याडले विदेशी प्रोडक्टसँग प्रतिस्पर्धा गर्न सकिने बताइन् ।
‘नेपालमा थुप्रै मुलुकहरुबाट स्यानिटरी प्याड आयात हुन्छ । मैले पाएको तथ्यांङक अनुसार नेपालमा बर्सौनी ३ करोड थान स्यानिटरी प्याड उत्पादन हुन्छन तर स्वदेशी क्षमता ९० करोड थान छ । अर्थात् क्षमताको एक तिहाई मात्र उत्पादन भैरहेको छ । कारण के हो भने बनेको स्यानिटरी प्याडको आयातमा भन्दा कच्चा पदार्थको आयातमा बढी कर लागिएको छ । आर्यतित प्याडमा दिइएको भन्सार छुट पनि उपभोक्ताले उपभोग गर्न पाएका छैनन्’, उनले भनिन ।
उनले सरकारले दिएको भन्सार छुट बिचौलियाको खल्तीमा पुगेको छ र यसको नियमन नहुनुनै छुट निस्वार्थ प्रेरित थियो भन्ने संका उब्जेको बताईन ।
उनले समस्या मात्र नभएर समाधान पनि सुनाईन । ‘स्यानिटरी प्याडको कच्चा पदार्थमा लिदै गरेको भन्सार शुल्क घटाउनु पर्छ जस कारण नेपाली उत्पादित प्याडहरु सुलभ, सुप्त र गुणस्तरीय हुन्छन र विदेशी उत्पादन संग प्रतिस्पर्ध गर्न सक्छन साथै सातवटै प्रदेशक सरकारी विद्यालयहरुमा वितरण भइरहेका निशुल्क स्यानिटरी प्याडको उपलब्धता र सुनिश्चितताको लागि अनिगमन र नियमन आवश्यक छ’, उनले भनिन ।

