काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय र पृथ्विचोक शाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै सरकारको निराशाबाट मुलुकलाई बाहिर निकाल्नका लागि उठाएका सार्थक कदमको महत्व उल्लेख गरेका छन्। उनले बैंकका सेवाग्राहीलाई विश्वासनीय र सहज सेवाको अनुभव प्रदान गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिएका छन्।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराएर व्यवसायीलाई आर्थिक विकासमा योगदान गर्न प्रोत्साहित गरे। गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र अन्य सरकारी तथा बैंकका अधिकारीहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरे।

