२०८३, आश्विन २२ गते

images

अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिष्ट, फागुन १० मा अन्तर्वार्ता

अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिष्ट, फागुन १० मा अन्तर्वार्ता

सीएनएन खबर
सोमवार, फाल्गुण ५ २०८१०९:०५
सीएनएन खबर
सोमवार, फाल्गुण ५ २०८१०९:०५
  • images

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ। अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले १२ जनामध्ये ५ जनाको नाम सर्टलिष्ट गर्ने निर्णय गरेको हो।

    सिफारिस समितिका अनुसार, सर्टलिष्टमा परेका व्यक्तिहरूमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन्। यी पाँच जनाले अब व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ता दिनुपर्नेछ। फागुन १० गते २ बजे अर्थमन्त्रालयमा उनीहरूलाई बोलाइएको छ।

    सर्टलिष्टमा परेका व्यक्तिहरूको व्यावसायिक पृष्ठभूमि फरक(फरक छ। रेग्मी बीमा प्राधिकरणमा निर्देशक पदमा कार्यरत छन्, चापागाईं पूर्व बीमा समितिका अध्यक्ष हुन्, बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक हुन्, पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् र ओझा शिक्षाविद् रहेका छन्।

    प्राधिकरणको अध्यक्ष पदका लागि सिफारिस समितिले पुस २६ गते आवेदन आह्वान गरेको थियो। प्राधिकरणको अध्यक्ष सूर्यप्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टाचारको मुद्धामा मुद्दा दायर गरेपछि निलम्बित गरिएपछि, अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले हाल अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend