२०८३, आश्विन २२ गते

images
  • समाचार
  • बेलुन विस्फोटन घटना: अर्थमन्त्रीको आजै डिस्चार्ज,...

बेलुन विस्फोटन घटना: अर्थमन्त्रीको आजै डिस्चार्ज, मेयरको थप उपचार हुने

बेलुन विस्फोटन घटना: अर्थमन्त्रीको आजै डिस्चार्ज, मेयरको थप उपचार हुने

सोमवार, फाल्गुण ५ २०८११२:०४
सोमवार, फाल्गुण ५ २०८११२:०४
  • images

    काठमाडौँ । उपप्रधानमन्त्री एवंम अर्थमन्त्री विष्णु पौडेलको आजै डिस्चार्ज हुने भएको छ । गत शनिबार बेलुन विस्फोटन हुँदा घाइते भएका उनको कीर्तिपुर वर्न अस्पतालबाट आज डिस्चार्ज हुने भएको हो । 

    जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको अस्पताल प्रशासनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

    सँगै उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने भएको छ । आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

    शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा आगोमा बेलुन पड्किँदा पौडेल र आचार्य घाइते भएका थिए ।

    hospital.jpeg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend