काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला १२ सय रुपैयाँले बढेको थियो । मंगलबार ७ सय रुपैयाँले बढेसँगै प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँ पुगेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४५ हजार २ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८९ रुपैयाँ कायम भएको छ ।

