२०८३, आश्विन २२ गते

images
  • समाचार
  • जाजरकोट भूकम्पपछिको पुनर्निर्माण सुरु, डोटीमा ६००...

जाजरकोट भूकम्पपछिको पुनर्निर्माण सुरु, डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता

जाजरकोट भूकम्पपछिको पुनर्निर्माण सुरु, डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता

सीएनएन खबर
मंगलवार, फाल्गुण ६ २०८११२:०२
सीएनएन खबर
मंगलवार, फाल्गुण ६ २०८११२:०२
  • images
    काठमाडौँ । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी गरिएको छ । 
     
    अन्य जिल्लाहरु जाजरकोट र रुकुमपश्चिममा क्षतिको विवरण सङ्कलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिए । डोटीमा गत वर्ष नै क्षति विवरण सङ्कलन गरिएकामा उक्त तथ्याङ्कलाई पुनः परीक्षण गरेर पुनर्निर्माण अघि बढाइएको उनले बताए । उनका अनुसार डोटीमा नौ हजार हाराहारीमा लाभग्राही छन् ।
     
    जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणका लागि पहिलो चरणको विवरण सङ्कलन भइरहेको र अब पुनर्निर्माण सुरु हुने कार्यकारी प्रमुख भुसालले जानकारी दिए । उनका अनुसार  पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरुको विस्तृत विवरण सङ्कलनमा विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र प्राधिकरणबीच सम्झौता गरी काम भइरहेको छ ।
     
    यकिन विवरण सङ्कलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाल, सुदीपविक्रम भट्ट र रामबहादुर केसीसहितको टोलीले स्थलगत रुपमा जाजरकोट पुगेर सोमबार पहिलो चरणमा खटिने प्राविधिकलाई तालिम सञ्चालन गरेका छन्  ।
     
     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend