२०८३, आश्विन २२ गते

images

सेयर बजारमा हरियाली : १० अर्बको कारोबार

सेयर बजारमा हरियाली : १० अर्बको कारोबार

मंगलवार, फाल्गुण ६ २०८१०३:१८
मंगलवार, फाल्गुण ६ २०८१०३:१८
  • images

    काठमाडौं ।  मंगलबारपनि सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से १२ अंकले बढ्दा परिसुचक २७३९ बिन्दुमा पुगेर रोकियो । आज १ करोड ८२ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्बको कारोबार भएको छ ।

    कारोबारमा आएका ८७ कम्पनीको सेयर उकालो लागेको छ भने १४९ कम्पनीको सेयर घटेको छ । यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स कम्पनीले सर्वाधिक ८२ करोडको कारोबार गर्यो भने नेपाल रि इन्सुरेन्सले ५१ करोडको कारोबार गर्यो ।

    यसदि ह्विन नेपाल लघुबित्त (१० प्रतिशत), गुँरास लघुबित्त (१० प्रतिशत) इमेर्जीङ नेपाल (१० प्रतिशत) गार्डियन माइक्रोलाइफ (९.९९प्रतिशत)को सेयरमा सकारात्मक सर्किट लाग्यो । यस्तै आज सप्तकोसी डेव्लपमेन्ट, केविएल डिवेन्चर र भूगोल इनर्जी डेव्लपमेन्टको सेयर मूल्य १० प्रतिशतले घट्यो । आज फाइनान्स, हाइड्रोपावर, ट्रेन्डीङ सुचक घटेका छन् भने म्युचल फण्ड, निर्जीवन बीमा, बैंकिङ, विकासबैंक,, लगानी, होटल एण्ड पर्यटन, इन्स्युरेन्स, निमार्ण , माइक्रो फाइनान्स, लगायतका सबै सुचक घटेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend