२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • मन्त्री खड्काले भनेः कुलमानको कारण लोडसेटिङ...

मन्त्री खड्काले भनेः कुलमानको कारण लोडसेटिङ हटेको भनेर भ्रम फैलाइयो

मन्त्री खड्काले भनेः कुलमानको कारण लोडसेटिङ हटेको भनेर भ्रम फैलाइयो

मंगलवार, फाल्गुण ६ २०८१०३:४४
मंगलवार, फाल्गुण ६ २०८१०३:४४
  • images

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेटिङ हटाएको भनेर भ्रम फैलाईएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले बताएका छन् । 

    मंगलबारको प्रतिनिधिसभा संसद् बैठकमा विशेष समय माग गर्दै उनले भारतबाट विद्युत ल्याएर नेपालमा लोडसेटिङ हटाईएको भनेर गलत प्रचार गरिएको बताएका हुन् । 

    उनले घिसिङको कार्यशैलीमाथि प्रश्न उठाउँदै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको स्पष्ट पारेका हुन् ।

    खड्काले घिसिङले सरकारलाई टेर्दै नटेरको पनि जानकारी गराएका छन् । ‘उहाँले केही राम्रा काम गर्नुभयो होला । त्यसका लागि उहाँलाई के दिनुपर्छ दिउँला । तर सञ्चालक समिति निर्णय गर्छ । उहाँ कार्यान्वयन गर्नुहुन्न । सरकारलाई टेर्नुहुन्न’, खड्काले भने, ’ उनले भने, ‘भारतबाट विद्युत ल्याएर लोडसेडिङ अन्त्य गरिएको छ । भारतबाट विद्युत ल्याउन ट्रान्समिसन लाइन बनाउने काम के कुलमानका कारण भएको हो? पूर्वमन्त्रीहरूले पनि जान्नुहुन्छ ।’ 


    उनले घिसिङ अराजक गतिविधि गरिरहेको र सधैँ हेरेर नबस्ने पनि बताए । 

    त्यस्तै बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेक्रममा उनले देशमा विद्युतीय विकास उच्च गतिमा भइरहेको सुनाए ।  खड्काले सरकारले अबको १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोले सोहीअनुरुप काम गरिरहेको दाबी गरे । 

    आफूले मन्त्रालय सम्हाले यता १६ वटा जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र दिइएको उनको भनाइ छ ।

    १४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरेको समेत खड्काले बताए । 

    अहिले ९५० मेगावाट भारत निर्यात गरिरहेको खड्काले जानकारी दिए । उनले सर्वेक्षणका आधारमा अबको १० वर्षमा १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक खपत गर्ने र बाँकी रहेको विद्युतको लागि समेत बजार सुनिश्चित भइसकेको दाबी गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend