२०८३, आश्विन २२ गते

images

तोलामा ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, फाल्गुण ७ २०८११०:५५
बुधवार, फाल्गुण ७ २०८११०:५५
  • images

    काठमाडौँ । बुुधबार सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुन प्रतितोला ११ सय रुपैयाँले बढेको हो । 

    मंगलबार प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ११ सयले बढेर प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ पुगेको हो । 

    यस्तै, बुधबार सुनसँगै चाँदीको समेत मूल्य बढेको छ । तथ्यांक अनुसार मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend