काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बिहीबार सचिवालय बैठक बोलाएको छ।
आज दिउँसो २ बजे पार्टी कार्यालय चःमतिमा सचिवालय बैठक बोलाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। सचिवालय बैठकमा समसामयीक र पार्टी गतिविधिबारे छलफल हुनेछ।
बैठकमा नियमावली र कार्यविधिहरु (प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ ९कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१० लगायतमाथि छलफल हुनेछ।

