२०८३, आश्विन २२ गते

images
  • समाचार
  • नापीका अवकास प्राप्त अधिकृत सहित ८...

नापीका अवकास प्राप्त अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

नापीका अवकास प्राप्त अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बिहिवार, फाल्गुण ८ २०८१०३:४२
बिहिवार, फाल्गुण ८ २०८१०३:४२
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकास प्राप्त अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    आयोगले नापी कार्यालय बाराका तत्कालीन अधिकृत (हाल अवकाश_ दीनानाथ मिश्र र मालपोत कार्यालयका अधिकृत सुमनप्रसाद चौधरीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार नापी कार्यालय बाराका तत्कालीन सर्भेक्षक हाल नापी कार्यालय वीरगञ्ज पर्सामा कार्यरत नापी अधिकृत शिव बालक साह, मालपोत कार्यालय बाराका तत्कालीन नायव सुब्बा बुधनप्रसाद यादव, लेखापढी व्यवसायी जयलाल सहनी, जग्गाधनी सुदामा प्रसाद चौधरी थारु र रामपति देवी थरुनी तथा नापी कार्यालय बाराका तत्कालीन सर्वेक्षक सुनिल कुमार झाविरुद्ध मुद्दा दायर भएको हो ।

    उनीहरूविरुद्ध जनही १ एक लाख ५० हजार बिगो कायम गरेर मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता थपलियाले बताए ।

    उनीहरूले बाराको साविक डुमरवाना गाविस-६ क को क्षेत्रफल ज.बि ०-१-० भएको जग्गाको श्रेस्तामा कीर्ते गरी क्षेत्रफल ०-३-१० कायम गरी बिक्री गरेको, त्यस्तै क्षेत्रफल ज.बि. ०-२-१० भएको जग्गाको श्रेस्तामा कीर्ते गरी क्षेत्रफल ०-६-० कायम गरी नापी कार्यालय, बारा र मालपोत कार्यालय, बारा समेतको मिलेमतोमा श्रेस्ता पुर्जा तयार गरी ठगी गरेको आयोगले जनाएको छ ।

    जीतपुरसिमरा उपमहानगरपालिका-१५ बस्ने जग्गाधनी सुदामा प्रसाद चौधरीले आफ्नो पत्नी रामपति देवी थरुनीको नाउँमा रहेको जिल्ला बारा डुमरवाना गाविसस्थित कित्ता नम्बर २२१ र कित्ता नम्बर २८३ को जग्गाको क्षेत्रफल बढाई बिक्री गर्न लेखापढी व्यवसायी जयलाल सहनीलाई घुसररिसवत १ लाख ५० हजार समेत दिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।​

    सहनीले उक्त रकम तत्कालीन नापी कार्यालय बारामा कार्यरत सर्वेक्षक सुनिल कुमार झालाई दिई उनीमार्फत् उक्त रकम अन्य प्रतिवादीहरूले समेत प्राप्त गरी मिलेमतोमा गैरकानूनी लाभ लिई गलत लिखत तयार गर्ने तथा सरकारी लिखत सच्चाउने कसुरमा संलग्न रहेको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend