काठमाडौँ । साताको अन्तिम कारोबार दिन सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
बिहीबार १ लाख ७१ हजार रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार प्रतितोला तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले घढेको थियो ।

