२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • भुक्तानी सेवाप्रदायक कम्पनी नेपाल पे टाइमको...

भुक्तानी सेवाप्रदायक कम्पनी नेपाल पे टाइमको लाइसेन्स खारेज

भुक्तानी सेवाप्रदायक कम्पनी नेपाल पे टाइमको लाइसेन्स खारेज

शुक्रवार, फाल्गुण ९ २०८११२:०८
शुक्रवार, फाल्गुण ९ २०८११२:०८
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल पे टाइम प्रालि लाई दिएको भुक्तानी सेवाप्रदायकको लाइसेन्स खारेज भएको छ । कम्पनीले लामो समयदेखि सञ्चालनमा नभएको भन्दै बैंकले लाइसेन्स खारेज गरिदिएको हो । 

    कम्पनीले २०७६ सालको भदौमा लिएको लाइसेन्स नवीकरण नगरिएको जानकारी गराएको छ।

    कम्पनीको एप्लिकेसन पनि नभएको र सेवा पनि बन्द रहेको राष्ट्र बैंकले पाएको छ। त्यस्तै नियामकीय नियमको परिपालना पनि नगरेकाले नवीकरण नगरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। 

    यो कम्पनीको लाइसेन्स नवीकरण नभएको र योसँगै कसैले पनि कारोबार नगर्न राष्ट्र बैंकले सचेत गराएको छ। त्यस्तै कुनै लेनदेन बाँकी भएमा ३० दिनभित्र संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend