२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सलिको इन्स्योरेन्स र सरिना जि ट्रेडबीच...

सलिको इन्स्योरेन्स र सरिना जि ट्रेडबीच बीमा सम्बन्धी सम्झौता

सलिको इन्स्योरेन्स र सरिना जि ट्रेडबीच बीमा सम्बन्धी सम्झौता

शुक्रवार, फाल्गुण ९ २०८१०२:०६
शुक्रवार, फाल्गुण ९ २०८१०२:०६
  • images

    काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जि ट्रेड प्रा. लिबीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सरिना जि ट्रेडमार्फत विक्री गरिने इभि इजि ट्याक्सीहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो । 

    उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सरिना जि ट्रेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय महतोले हस्ताक्षर गरे ।

    सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य लगाएत सरिना जि ट्रेडको तर्फबाट उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती थियो । 

    सरिना जि ट्रेडबाट विक्री गरिने विद्युतीय सवारीसाधनहरुकोे व्यापक सवारी साधन बीमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधन अन्तर्गत भविष्यमा कुनै दावी परेमा बीमा कम्पनीले दावी भूक्तानी प्रकृयालाई थप सरल, सहज, नगदरहित तथा शिघ्र भुक्तानी गर्ने समेत जनाइएको छ ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend