काठमाडौँ । निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन भएको छ । शुक्रबार बसेको संसद्को राज्यव्यवस्था समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्न उक्त समिति गठन गरेको हो ।
समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको संयोजकत्वमा गठित उपसमितिको सदस्यहरूमा सांसदहरू अशोक कुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् ।
उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समयावधि दिइएको हो ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले गरेको प्रस्ताव अनुसार यो निर्णय भएको हो ।

