२०८३, आश्विन २२ गते

images

साताको पहिलो कारोबार दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, फाल्गुण ११ २०८११०:३६
आइतवार, फाल्गुण ११ २०८११०:३६
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । 

    अन्तिम कारोबार अर्थात गत शुक्रबार तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ७० हजार रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ । 

    यस्तै, आइतबार सुनको मूल्य उकालो लाग्दा चाँदीको भने घटेको छ । महासंघको तथ्यांक अनुसार आइतबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend