२०८३, आश्विन २२ गते

images

नदीमा तैरिरहेको अवस्थामा भेटियो रोहितको शव

नदीमा तैरिरहेको अवस्थामा भेटियो रोहितको शव

आइतवार, फाल्गुण ११ २०८११०:४३
आइतवार, फाल्गुण ११ २०८११०:४३
  • images

    काठमाडौँ । त्रिशूली नदीमा तैरिरहेको अवस्थामा भेटियो युवकको शव फेला परेको छ । चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा खस्दा २७ वर्षीय राना फागुन २ गतेबाट बेपत्ता थिए ।


    त्रिशूलीमा तैरिरहेको अवस्थामा उनको शव आज बिहान फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरला भण्डारीका अनुसार रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।

    चितवनको भरतपुर महानगरपालिका–१ रामपुर घर भएका उनी बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका थिए ।

    फागुन २ गते बिहान करिब १२ बजेको समयमा राना सवार मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किँदा त्रिशूलीमा खसेका थिए । मोटरसाइकल भने सडकमै थियो । भारतीय सेनामा कार्यरत राना छुट्टिमा घर आएका बेला दुर्घटनामा परेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend