२०८३, आश्विन २२ गते

images

बैंकमा अधिक तलरता भएपछि थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकमा अधिक तलरता भएपछि थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

सीएनएन खबर
आइतवार, फाल्गुण ११ २०८१११:३८
सीएनएन खबर
आइतवार, फाल्गुण ११ २०८१११:३८
  • images

    काठमाडौँ । बैंकमा अधिकत तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। अधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि बोलकबोल प्रक्रिया दिउँसो ३ बजे सुरु हुनेछ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५० करोड रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा हुनेछ र बहुब्याजदरका साथ पनि बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। यसका लागि ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन सक्नेछन्।

    २१ दिने यो निक्षेप संकलन उपकरणको चैत ३ गते साँवा र ब्याज भुक्तानी गरिने जानकारी दिइएको छ। फागुन महिनामा केन्द्रीय बैंकले यो तेस्रो पटक तरलता खिच्ने कार्य गरिरहेको हो। यसअघि फागुन ४ र ६ गते ४०/४० अर्ब रुपैयाँको तरलता खिचिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend