२०८३, आश्विन २२ गते

images

३ अर्ब बराबरको ऋणपत्र बिक्री गर्दै एभरेष्ट बैंक

३ अर्ब बराबरको ऋणपत्र बिक्री गर्दै एभरेष्ट बैंक

आइतवार, फाल्गुण ११ २०८११२:४६
आइतवार, फाल्गुण ११ २०८११२:४६
  • images

    काठमाडौं । एभरेष्ट बैंकले फागुन १८ गतेबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०९१ नामक’ ऋणपत्र बिक्री खुला गर्न लागेको हो।

    जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा भने सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १ लाख २० हजार इकाइ ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

    यो ऋणपत्रमा फागुन २१ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। सो मितिबाट पर्याप्तमात्र आवेदन नपरेको खण्डमा ऋणपत्र चैत ३ गतेसम्म बिक्री खुला गरिनेछ। एभरेष्ट बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend