काठमाडौँ । मध्यपुर थिमीस्थित बिनायक शिक्षा निकेतनले एक दिने ‘बिनायक स्काउट ट्रप’ क्याम्प सम्पन्न गरेको छ ।
‘मितव्ययिताको लागि स्काउट क्याम्प’ भन्ने मुल नारासँग सञ्चालित क्याम्पको उद्घाटन समारोहमामा सभापति सुरेन्द्र बिक्रम प्रजापति र विशिष्ट अतिथि हरि बहादुर श्रेष्ठ, मध्यपुर स्काउटका पूर्व स्थानीय आयुक्तले स्काउट क्याम्पको महत्वबारे प्रकाश पारेका थिए ।
क्याम्प अवधिभर स्काउटहरूले क्याम्प फायर, कुकिङ्ग, सरसफाइ, बीपी व्यायाम, धर्मसभा र विभिन्न क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाएका थिए। उत्कृष्ट प्रदर्शन गर्न सफल स्काउटहरूलाई पुरस्कृत पनि गरियो ।
समापन समारोहका प्रमुख अतिथि नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले स्काउटले व्यक्तिको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउने विचार व्यक्त गरे । त्यस्तै, राष्ट्रिय प्रशिक्षक भुवनचरण श्रेष्ठले स्काउटिङ्ग क्रियाकलापबारे जानकारी दिँदै स्काउटहरूलाई उत्प्रेरित गरे ।
क्याम्पको संयोजन लक्ष्मी केशरी प्रजापति, गल्र्स क्याम्प प्रमुख सानू चक्रधर, सहायक क्याम्प प्रमुख यमुना प्रजापति, र ब्वाइज क्याम्प प्रमुख दिलकृष्ण प्रजापतिले गरेका थिए। क्याम्पमा ३१ जना स्काउटहरू र विद्यालयका अन्य शिक्षकहरूको उपस्थिति रहेको थियो ।

