काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डाका विषयमा छलफल हुने बताइएको छ। आजको बैठकले नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने सम्भावना धेरै रहेको पाइएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले बिमा प्राधिकरणको अध्यक्षको लागि शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको छ ।
सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस भएको हो ।

