काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से लगातार बढ्न थालेको छ । आईतबारको तुलनामा सेयर बजार ३.३५ अंकले बढेर २७५८ अंकमा पुगेको छ ।
सोमबार बढेसँगै सेयर बजारमा लगातार छेटौं कारोबार दिन बढेको हो । सोमबार नेप्से परिसूचक बढ्दा कारोबार रकम भने सामान्य मात्रै बढेको छ ।
आज ९० कम्पनीको सेयर मूल्य बढ्दा कारोबार रकम ११ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.२१ प्रतिशत घट्यो । विकास बैंक ०.०९, होटल तथा पर्यटन ०.८७, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.९२, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.७४ र व्यापार ०.२६ प्रतिशत घटे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । राप्ती हाइड्रोको ९.४, बोटलर्स नेपाल बालाजुको ८, नेपाल हाइड्रो डेभलपर्सको ७.१ तथा नेपाल पुनर्बीमा कम्पनीको मूल्य ६.४ प्रतिशत बढ्यो ।
विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ५.४२, लक्ष्मी लघुवित्तको ५.३८, रिलायन्स फाइनान्सको ४.६८ तथा एनएलजी इन्स्योरेन्सको ४.४८ प्रतिशत घट्यो ।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ८९ करोड ३५ लाखको कारोबार भयो । त्यस्तै नेपाल पुनर्बीमाको ८० करोड ६७ लाखको कारोबार भयो । त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर तथा सीईडीबी होल्डिङस् क्रमशः कारोबार रकमका आधारमा अगाडि रहे ।

