२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • यूएसएआईडीसँग सम्बन्धित ७ कार्यक्रम रोकिएः अर्थ...

यूएसएआईडीसँग सम्बन्धित ७ कार्यक्रम रोकिएः अर्थ मन्त्रालय

यूएसएआईडीसँग सम्बन्धित ७ कार्यक्रम रोकिएः अर्थ मन्त्रालय

सोमवार, फाल्गुण १२ २०८१०४:५८
सोमवार, फाल्गुण १२ २०८१०४:५८
  • images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले स्थगित भएका यूएसएआईडीसँग सम्बन्धित कार्यक्रमबारे सरकारले आधिकारिता जानकारी सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव श्याम प्रसाद भण्डारीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ७ वटा कार्यक्रम रोकिएका जानकारी दिएका छन् ।

    मन्त्रालयले ट्रम्पको आदेशपछि नेपालमा सञ्चालित विभिन्न कार्यक्रम रोकिएको भन्दै सार्वजनिक भएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित ४ वटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी ३ वटा कार्यक्रमहरू डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरू समेत रोकिएको अवस्था छ ।’

    अर्थ मन्त्रालयका अनुसार रोकिएका सबै कार्यक्रम डिजाइन भइरहेको जनाएको छ । रोकिएका सबै कार्यक्रमको सम्झौता समेत नभइसकेकाले कुनै सहयोग प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

    यस्तो छ विज्ञप्ति –

    usid-press-note_LcxuUgEeEF.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend