काठमाडौँ । मंगलबार सुनको मूल्य बढ्दा चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ७० हजार ८ सय रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार पुुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, मंगलबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । तथ्यांक अनुसार मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ९ सय ७० रुपैयाँ कायम भएको हो । सोमबार चाँदी तोलामा १५ रुपैयाँले बढेको थियो ।

