२०८३, आश्विन २२ गते

images

मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिँदै

मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिँदै

मंगलवार, फाल्गुण १३ २०८११०:४२
मंगलवार, फाल्गुण १३ २०८११०:४२
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ। बुधबार महाशिवरात्रीको सार्वजनिक विदा परेकोले राष्ट्र बैंकले आज मंगलबार नै चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंक स्रोतले जनाएको छ।

    स्रोतका अनुसार मौद्रिक नीतिको समीक्षा पारित गर्नको लागि आज अपरान्ह संचालक समिति वैठक बोलाइएको छ। संचालक समितिले पारित गरेपछि मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने छ। राष्ट्र बैंकको व्यवस्थापनबाट भने हिजो सोमबार नै समीक्षा पारित भएको बताईएको छ।

    दोस्रो त्रैमासिक समाप्त भएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गरिसक्नुपर्ने व्यवस्था छ । यो गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिको अन्तिम समीक्षा पनि हुने छ। उनको कार्यकाल आगामी चैत्रमा सकिँदै छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend