काठमाडौं । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन्। उनले सोमबार राति गहुँमा राख्ने विषादी ट्याब्लेट सेवन गरेर आत्महत्या गरेका हुन्।
धादिङको धुनिवेँशी नगरपालिका–९ घर भएका थापा केही महिनाअघि मात्रै मन्त्री श्रेष्ठको स्वकीयमा नियुक्त भएका थिए। प्रदेशको सहकारी मन्त्रालय मातहतमा रहेको सहकारी महाशाखाले गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिडेटको विषयमा फोनमा गरेको कुराकानी बाहिरिएपछि थापाले आत्माहत्या गरेको खुलेको छ।
थापा र अर्का कांग्रेस धादिङका नेता राजु बर्तौलासँग मिलेर समयाग्रस्त सहकारी घोषणा भएको सुमेरुको फाइल सहकारी महाशाखाको सिस्टमबाटै हटाइदिने भन्दै पैसामा बार्गेनिङ गरेको अडियो रेकर्ड बाहिरिएको थियो।
सो पश्चात् सहकारी मन्त्रीको निर्देशनमा अडियो रेकर्डमा नाम जोडिएका राजु बर्तौलालाई सोमबार बिहानै प्रहरीमा उजुरी दिएर पक्राउ गर्न लगाएका थिए।

