२०८३, आश्विन २२ गते

images
  • समाचार
  • बिहान साढे १० बजेसम्म डेढ लाख...

बिहान साढे १० बजेसम्म डेढ लाख दर्शनार्थीले गरे पशुपतिनाथको दर्शन

बिहान साढे १० बजेसम्म डेढ लाख दर्शनार्थीले गरे पशुपतिनाथको दर्शन

बुधवार, फाल्गुण १४ २०८११०:४१
बुधवार, फाल्गुण १४ २०८११०:४१
  • images

    काठमाडौँ । महाशिवरात्रि पर्व बुधबार काठमाडौंको पशुपतिनाथसहित विभिन्न मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान २ बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला गरिएको थियो । बिहान १० बजेसम्म करिब डेढ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन् ।

    पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान १० बजेसम्म डेढ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेको जानकारी दिए । 

    २ बजेदेखि नै लाइन बस्नुपरेकाले चारै ढोकामा दर्शनार्थीहरू घण्टौसम्म लाइन बस्नुपरेको छ । “बिहान १० बजेसम्ममा डेढ लाख दर्शनार्थीले दर्शन गरे । अहिले झनै दर्शनार्थीहरूको चाप बढेको छ,” उनले भने ।

    साँझ ६ बजेसम्म दर्शनार्थीहरूले दर्शन गर्न पाउनेछन् । दर्शनार्थीहरूको सुरक्षाको लागि करिब पाँच हजार सुरक्षाकर्मीहरू तैनाथ रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए ।  

    आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्दै जाने उनले बताए । कोषले यसवर्षको शिवरात्रिको सबै व्यवस्थापनको लागि डेढ करोड रुपैयाँ खर्च गरेको थियो । प्रयागराज महाकुम्भमा स्नान गरेर करिब तीन हजार ५०० साधुसन्त पशुपतिनाथ आइपुगेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend