काठमाडौँ । बुधबार सुन प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुनचाँदी दुबैको मूल्य घटेको हो ।
मंगलबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य बुधबार घटेसँगै प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बुधबार सुनसँगै चाँदीको समेत मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ९ सय ४० रुपैयाँ कायम भएको छ ।

