२०८३, आश्विन २२ गते

images

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्न सकिने

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्न सकिने

बिहिवार, फाल्गुण १५ २०८१०७:२१
बिहिवार, फाल्गुण १५ २०८१०७:२१
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गदैं बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने भएको छ ।

    अब ग्राहकहरुले बैंकमा भौतिक रुपमा उपस्थित नभई कामना सेवा विकास बैंकको मोबाइल एप, के.एस. आइ मोबाइल बैंकिङ मार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्नेछन् । 

    ग्राहकहरूले अब बैंकमा जानु पर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर, कुनै पनि समय, मोबाइल एप प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् । के एस आइ मोबाइल बैंकिङमा लगइन गरी फिक्स डिपोजिट छनोट गरी आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सकिनेछ ।

    बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend