२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आजको मौसमः ६ वटा प्रदेशमा वर्षा,...

आजको मौसमः ६ वटा प्रदेशमा वर्षा, पाँचवटामा हिमपातको सम्भावना

आजको मौसमः ६ वटा प्रदेशमा वर्षा, पाँचवटामा हिमपातको सम्भावना

बिहिवार, फाल्गुण १५ २०८१०७:३५
बिहिवार, फाल्गुण १५ २०८१०७:३५
  • images

    काठमाडौँ । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ । तराइका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    विभागले दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

    विभागका अनुसार सातवटै प्रदेशमा आंशिक बदली रहँदा ६ वटा प्रदेशमा हल्का वर्षा हुनेछ । मधेसबाहेकका सबै प्रदेशमा हल्का वर्षा हुनेछ । 

    सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend