२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • आजदेखि काटिँदैछ काठमाडौं उपत्यकाका यी स्थानमा...

आजदेखि काटिँदैछ काठमाडौं उपत्यकाका यी स्थानमा दैनिक ५ घण्टा बिजुली

आजदेखि काटिँदैछ काठमाडौं उपत्यकाका यी स्थानमा दैनिक ५ घण्टा बिजुली

सीएनएन खबर
बिहिवार, फाल्गुण १५ २०८१०८:१२
सीएनएन खबर
बिहिवार, फाल्गुण १५ २०८१०८:१२
  • images

    काठमाडौँ । आजदेखि करिब एक हप्तासम्म काठमाडौं उत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । 

    नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार बिहीबारदेखि विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुँदैछ ।

    प्राधिकरणका अनुसार बानेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुन लागेको हो । विद्युत् बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अर्थात् दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ ।

    १५ र १६ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्म र १७ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्रमा बिजुली काटिनेछ । 

    त्यस्तै, १८ गते त्रिभुवन विश्वविद्यालयवरिपरि क्षेत्र, १९ गते रातोपुलदेखि गौशालासम्म र २० गते बल्खु चोकदेखि त्रिभुवन विश्वविद्यालयको गेटसम्मका क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । 

    साथै मौसम प्रतिकूल रहेमा सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend