२०८३, आश्विन २२ गते

images
  • समाचार
  • राराको होटेलमा आगलागी, होटलको भान्साबाट सुरु...

राराको होटेलमा आगलागी, होटलको भान्साबाट सुरु भएको आगो सिलिण्डर पड्कदा ३ भवनमा क्षति

राराको होटेलमा आगलागी, होटलको भान्साबाट सुरु भएको आगो सिलिण्डर पड्कदा ३ भवनमा क्षति

बिहिवार, फाल्गुण १५ २०८११०:०२
बिहिवार, फाल्गुण १५ २०८११०:०२
  • images

    काठमाडौँ । मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका  छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पु¥याएको  जनाइएको छ । 

    नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।  आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

    जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पु¥याएको थियो । 

    प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकि रहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend