२०८३, आश्विन २२ गते

images
  • समाचार
  • मलद्वारमा डल्लो बनाएर सुन तस्करी, एयरपोटमा...

मलद्वारमा डल्लो बनाएर सुन तस्करी, एयरपोटमा पक्राउ परे ३ उज्बेकिस्तानी महिला

मलद्वारमा डल्लो बनाएर सुन तस्करी, एयरपोटमा पक्राउ परे ३ उज्बेकिस्तानी महिला

बिहिवार, फाल्गुण १५ २०८११०:३२
बिहिवार, फाल्गुण १५ २०८११०:३२
  • images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् । बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानको नागरिक सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तीनै जना महिला रहेका छन् ।

    ४ जनाको टोली आएको मध्ये तीन जना महिलाको साथबाट साढे ३ किलो बढी सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता लालबाबु सुवेदीले जानकारी दिए । 

    उनका अनुसार ४ जनामध्ये एक जना पुरूष हुन् । उनको साथबाट भने सुन बरामद नभएता पनि उनीहरू एउटै समूहका हुन् । तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएको प्रवक्ता सुवेदीले बताए । 

    उनले भने, ‘उनीहरूको गतिविधि शंकास्पद रहेकाले विमानस्थलमा खटिएको प्रहरीले एक्सरेमा चेक जाँच गर्दा शंकास्पद देखिएपछि केएमसी लगेर भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको पाइयो ।’

    उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend