२०८३, आश्विन २२ गते

images

नेपालभरका शहरहरूमा भक्तपुर सबैभन्दा प्रदूषित शहर

नेपालभरका शहरहरूमा भक्तपुर सबैभन्दा प्रदूषित शहर

सीएनएन खबर
बिहिवार, फाल्गुण १५ २०८११०:३२
सीएनएन खबर
बिहिवार, फाल्गुण १५ २०८११०:३२
  • images

    काठमाडौं । नेपालकी राजधानी काठमाडौं विश्वकै चौथो प्रदूषित शहरको सूचीमा परेको छ। पछिल्लो समय वायु प्रदूषणको स्तर उच्च हुँदै जाँदा यो शहर स्वास्थ्यका लागि अस्वस्थ मानिएको छ। वातावरण विभागका अनुसार, यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक १८५ मापन गरिएको छ, जुन अस्वस्थ मानिन्छ।

    विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यू एअर’ संस्थाका अनुसार भारतको राजधानी दिल्ली विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ। दिल्लीको वायु प्रदूषण सूचकांक २२८ मापन गरिएको छ, जुन अति अस्वस्थ मानिन्छ। त्यसैगरी, चीनको सांघाई १८२ AQI सहित दोस्रो स्थानमा रहेको छ भने बंगलादेशको राजधानी ढाका १८६ AQI सहित तेस्रो स्थानमा परेको छ।

    नेपालभरका शहरहरूमा भक्तपुर सबैभन्दा प्रदूषित शहर बनेको छ। वातावरण विभागका अनुसार भक्तपुरको वायु प्रदूषण १९७ AQI मापन गरिएको छ, जुन अस्वस्थ मानिन्छ। त्यस्तै, पोखरा १९१ AQI सहित दोस्रो स्थानमा परेको छ। पछिल्ला केही हप्तादेखि पोखरा उच्च वायु प्रदूषण भएको शहरको सूचीमा पर्न थालेको छ।

    अन्य प्रमुख प्रदूषित क्षेत्रहरूमा खुमल्टार ९१९५ AQI, शंखपार्क ९१८३ AQI, भैंसेपाटी ९१७४ AQI, भरतपुर ९१७१ AQI, धनगढी ९१७० AQI र धुलिखेल ९१५१ AQI रहेका छन्।

    वातावरण विभागका अनुसार ०-५० AQI सम्मको सूचकांकलाई राम्रो मानिन्छ। ५१-१०० मध्यम, १०१-१५० अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि खतरनाक मानिन्छ।

    विशेषज्ञहरूका अनुसार बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न तत्काल कदम चाल्न आवश्यक छ। सार्वजनिक यातायातको प्रवर्द्धन, हरियाली बढाउने कार्यक्रम, उद्योग तथा निर्माण कार्यबाट निस्कने धूलो नियन्त्रण गर्ने प्रयास आवश्यक रहेको उनीहरूले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend