२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • कुलमानको जवाफ, ‘मलाई पदबाट हटाउने अधिकार...

कुलमानको जवाफ, ‘मलाई पदबाट हटाउने अधिकार मन्त्री र मन्त्रालयलाई छैन’(पूर्णपाठ)

कुलमानको जवाफ, ‘मलाई पदबाट हटाउने अधिकार मन्त्री र मन्त्रालयलाई छैन’(पूर्णपाठ)

बिहिवार, फाल्गुण १५ २०८१०१:४३
बिहिवार, फाल्गुण १५ २०८१०१:४३
  • images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री दीपक खड्काले सोधेको स्पष्टीकरणको जबाफ दिएका छन् ।

    बुधबार मन्त्री खड्काले २४ घण्टे स्पष्टीकरण सोधेपछि घिसिङले आज स्पष्टीकरणको जबाफ दिएका हुन् । उनले आफूलाई पदबाट हटाउने अधिकार मन्त्री र मन्त्रालयलाई नभएको जबाफ दिएका छन् ।

    कुलमानले बुझाएको स्पष्टीकरणमा उल्लेख छ, ‘म नेपाल सर‌कार मन्त्रिपरिषदको मिति २०७८।०४।२५ को निर्णायानुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ (१) बमोजिम ४ वर्षको निम्ति नियुक्त भएको हुँ । निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार कानुन व्याख्‍यासम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्‍चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची -१ को क्र.सं. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्दछु ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend