२०८३, आश्विन २२ गते

images

उकालो लाग्यो सेयर बजार : २८०० को बिन्दु पार

उकालो लाग्यो सेयर बजार : २८०० को बिन्दु पार

बिहिवार, फाल्गुण १५ २०८१०३:२०
बिहिवार, फाल्गुण १५ २०८१०३:२०
  • images

    काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ७१.२९ अं‌कले बढेको छ। दुई साता लगातार उकालो लाग्दै १३५.७७ अंकले बढेको सेयर बजारले २८०० को बिन्दु पार गरेसँगै लगानीकर्ता उत्साहित देखिएका छन्। 

    आइतबार ११.६६ अंक र सोमबार ३.३५ अंकले बढेको बजार मंगलबार पनि ७.१३ अंकले बढेको थियो। बुधबार बन्द रहेको बजार बिहीबार पनि उकालोतिर नै लागेको हो। 

    बिहीबार ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा पुगेको छ। ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको कारोबार भएको बजारमा १८६ कम्पनीको सेयर मूल्य बढेको छ। ५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

    बिहीबार सबैभन्दा म्यानुफ्याक्चर क्षेत्र २११ अंकको सुधार देखिएको छ। यस्तै हाइड्रो ६७ र बैंकिङ क्षेत्र ४६ अंकको सुधार देखिएको छ। यस्तै लाइफ इन्स्योरेन्स ११२ र ननलाइफ इन्स्योरेन्स ९० अंकले बढेको छ।  

    गएको साता आइतबार १९.५६ अंक, सोमबार २९.८७ अंक र मंगलबार ११.९१ अंकले बढेको बजार बुधबार बन्द रहेको थियो। साताको अन्तिम कारोबारमा बिहीबार पनि ३.१४ अंकले बढेको थियो। 

    गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहँदा फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समातिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend