२०८३, आश्विन २१ गते

images

महेन्द्र मोरङ क्याम्पसमा झडप, दुईजना घाइते(भिडियो)

महेन्द्र मोरङ क्याम्पसमा झडप, दुईजना घाइते(भिडियो)

बिहिवार, फाल्गुण १५ २०८१०४:५७
बिहिवार, फाल्गुण १५ २०८१०४:५७
  • images

    काठमाडौं । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको दुई पक्षबीच झडप भएको छ।

    बिहीबार  क्याम्पस परिसरमा झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन्। नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहाल सहितको टोली क्याम्पस इकाइ गठन गर्न भन्दै बिहीबार बिहानै क्याम्पस पुगेका थिए।

    आफूहरुको स्वीकृतिबिना क्याम्पसमा इकाइ कमिटी गठन गर्न लागेको भन्दै विवाद उत्पन्न भएको थियो। विवादपछि  स्ववियु सभापतिसमेत रहेका जसवन्त पौडेलको समूहले बञ्चरो, तरबार र लाठीले प्रहार गरेको अर्को पक्षको आरोप छ।

    सामाजिक संजालमा  सार्वजनिक भएको भिडियोमा एकाअर्काबीच हानाहान परिरहेको छ भने एकजनाले बन्चरो  बोकेर कुदिरहेको दृश्य देख्न सकिन्छ।

    स्ववियु  सभापति रहेका पौडेल देउवा समूहका हुन्। पोखरेल भने कोइराला पक्षका हुन्। उनीहरूबीचको झडपमा परेर नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन्। उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।

    यता घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend