२०८३, आश्विन २२ गते

images

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

बिहिवार, फाल्गुण १५ २०८१०७:१४
बिहिवार, फाल्गुण १५ २०८१०७:१४
  • images

    काठमाडौं ।  एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा आफूहरुले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै अवार्ड पाउन सफल भएको कम्पनीले जनाएको हो । 

    यो सम्मानले बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले पछिल्लो दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न गरेको अनवरतका कार्यहरु र अथक समर्पणलाई दर्शाउँछ भन्दै एनसेलले कम्पनीका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेविलिटी इन्टरिम डाइरेक्टर विषाखालक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले यो अवार्ड ग्रहण गरेको जानकारी दिएको छ । 

    यो अवार्ड कम्पनीले गरेका उल्लेखनीय योगदान र उपलब्धिहरूको सम्मान हो र व्यवसाय सञ्चालनका लागि कम्पनीले सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो भन्दै एनसेलले आफूहरु सधैं कर्पोरेट उत्कृष्टताका मापदण्डहरू कायम राख्न प्रतिबद्ध रहेको, जसले नेपालका व्यवसायिक जगतका लागि एउटा मापदण्ड स्थापित गर्दछ भनेको छ । 

    एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, विभिन्न कर तथा शुल्क शीर्षकहरुअन्तर्गत गत आर्थिक वर्ष २०८०–८१ सम्ममा रु. ३२० अर्बभन्दा बढी राजश्व राज्यलाई योगदान गरेको र व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलहरूमा रु. २ अर्बभन्दा बढीका परियोजनाहरु सञ्चालन गरि आर्थिक सामाजिक विकासमा योगदान गरेको जानकारी दिएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend