२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्प: सामान्य क्षति,...

सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्प: सामान्य क्षति, माटोको पहिरो र कैदीको हात भाँचियो

सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्प: सामान्य क्षति, माटोको पहिरो र कैदीको हात भाँचियो

शुक्रवार, फाल्गुण १६ २०८१०७:५६
शुक्रवार, फाल्गुण १६ २०८१०७:५६
  • images

    काठमाडौं । आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर गएको थियो। भोटेकोशी गाउँपालिकामा भूकम्पको धक्का ठूलो महसुस गरिएको भए पनि अहिलेसम्म कुनै ठूलो क्षति रिपोर्ट भएको छैन। पालिका अधिकारीहरूले वडास्तरबाट जानकारी संकलन गरिरहेको बताए।

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार, भूकम्पको कारण एक जना कैदीको हात भाँचिएको छ, जसको उपचार जिल्ला अस्पतालमा भइरहेको छ। त्यस्तै, कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको र भोटेकोशी गाउँपालिका-३ स्थित दुगुनागढीमा पुरानो पहिरो खसेको उल्लेख गरिएको छ।

    हालसम्म मानवीय र ठूलो भौतिक क्षति नभएको पुष्टि भएको छ, र पुलिसले सबै कार्यालयलाई सूचना संकलन गर्न निर्देशन दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend