२०८३, आश्विन २२ गते

images
  • समाचार
  • भूकम्पविद् भन्छन्, आजको भूकम्प २०७२ सालमा...

भूकम्पविद् भन्छन्, आजको भूकम्प २०७२ सालमा गएको भूकम्पको पराकम्पन

भूकम्पविद् भन्छन्, आजको भूकम्प २०७२ सालमा गएको भूकम्पको पराकम्पन

शुक्रवार, फाल्गुण १६ २०८११०:२८
शुक्रवार, फाल्गुण १६ २०८११०:२८
  • images

    काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्प पुरानै भूकम्पको पराकम्प भएको बताएका छन् । उनले २०७२ वैशाख १२ गते गोरखामा केन्द्रविन्दु भएको गएको भूकम्पको पराकम्प भएको जानकारी दिएका हुन् ।

    उनले भने, ‘यो कुनै नयाँ किसिमको भूकम्प होइन् । यो २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पको परकम्प हो ।’

    त्यस्तै, सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापाले अहिलेसम्म कुनै जटिल किसिमको भौतिक र मानवीय क्षति नभएको जानकारी दिए । 

    उनले दुगुनागडीमा सामान्य पहिरो गएको र प्रहरी चौकीको भवन पनि सामान्य चर्केको जानकारी दिए । साथै, उनका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक जना कैदीबन्दीको हात भाँचिएको र उनको उपचार भइरहेको छ ।

    उनले भने, ‘भूकम्पको क्षति सामान्य नै छ । अहिलेको प्राप्त विवरण अनुसार त्यस्तो ठूलो भौतिक र मानविय क्षति केही भएको छैन् । दुगुनागडीमा चाँहि सामान्य पहिरो गएको छ । प्रहरी चौकीको भवन पनि सामान्य चर्केको छ र कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको कारण उपचार भइरहेको छ त्यही नै हो । त्यस्तो अरु केही छैन् विवरण ।’

    त्यस्तै, जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी निराजन श्रेष्ठले पनि भूमम्पको सामान्य क्षति रहेको बताउँदै विवरण संकलन गर्ने काम जारी रहेको बताए ।

    आज बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड केन्द्रविन्दु भएर ६।१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend