२०८३, आश्विन २२ गते

images

गरिमा विकास बैंक लिमिटेडलाई प्रतिष्ठित सम्मान

गरिमा विकास बैंक लिमिटेडलाई प्रतिष्ठित सम्मान

सीएनएन खबर
शुक्रवार, फाल्गुण १६ २०८१११:३४
सीएनएन खबर
शुक्रवार, फाल्गुण १६ २०८१११:३४
  • images

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्ने यस अवार्ड समारोहमा यस वर्ष विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको थियो, जसअन्तर्गत गरिमा विकास बैंकलाई "उत्कृष्ट विकास बैंक" विधामा सम्मानित गरिएको हो।

    २०७८ फागुन १३ गते, मंगलबार, ललितपुरस्थित द प्लाजामा आयोजित उक्त समारोहमा माननीय गृहमन्त्री श्री रमेश लेखकज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। अवार्डको जुरी सदस्यहरूमा प्रो. डा. श्री फत्त बहादुर के.सी. (जुरी प्रमुख), श्री सशिन जोशी (पूर्व वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत एवं हाल अध्यक्ष, फोनपे पेमेन्ट सोलुसन प्रा.लि.), श्रीमती सरिता अधिकारी (पूर्व निर्देशक, नेपाल राष्ट्र बैंक), तथा वरिष्ठ पत्रकार श्री दिलभूषण पाठक रहनुभएको थियो।

    उक्त प्रतिष्ठित उपाधिले गरिमा विकास बैंकलाई आफ्ना ग्राहकहरूलाई सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यलाई थप सशक्त बनाउन मद्दत पुर्‍याएको छ। आगामी दिनहरूमा बैंकले अझ उत्कृष्ट तथा ग्राहकमैत्री सेवा प्रवाह गर्दै बैंकलाई थप सवल बनाउन प्रेरित गर्ने विश्वास लिएको छ।

    यस उपलब्धिको अवसरमा गरिमा विकास बैंक सम्पूर्ण ग्राहक महानुभावहरू, शेयरधनी महानुभावहरू, सरोकारवाला निकायहरू, नियमनकारी निकायहरू तथा शुभेच्छुकहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

    हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५० एटीएम साथै नवीनतम डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend