काठमाडौँ । साताको अन्तिम कारोबार दिन सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो ।
बिहीबार तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामै २२ सयले घटेर १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य उच्च अंकका साथ घटेको छ । बिहीबार तोलामा ५ रुपैयाँले बढेर १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा ३० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

