२०८३, आश्विन २२ गते

images

बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबीच झडप

बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबीच झडप

आइतवार, फाल्गुण १८ २०८१०३:०२
आइतवार, फाल्गुण १८ २०८१०३:०२
  • images

    काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा नयाँ बानेश्वरमा झडप भएको छ। पीडित किसान र प्रहरीबीच झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा पौडेल घाइते भएका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार डीएसपी पौडेलको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ।

    केहि दिन देखी प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको थियो।

    प्रदर्शनकारीहरू बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो। प्रदर्शनकारीले प्रहार गरेको लाठ्ठी लागेर डीएसपी पौडेलको टाउकोमा चोट लागेको थियो। केही प्रदर्शनकारी पनि घाइते भएको बुझिएको छ। झडपमा १२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

    सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले लामो समयदेखि काठमाडौं केन्द्रित विरोध गरिरहेको छ।


    २०८० चैत ७ गते भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच सहमति भएको थियो। जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरू गर्ने उल्लेख थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend