२०८३, आश्विन २२ गते

images

लिखुपिखे गाउँपालिकाको कार्यालयमा आगलागी(भिडियो)

लिखुपिखे गाउँपालिकाको कार्यालयमा आगलागी(भिडियो)

आइतवार, फाल्गुण १८ २०८१०६:२५
आइतवार, फाल्गुण १८ २०८१०६:२५
  • images

    काठमाडौं । सोलुखुम्बु लिखुपिखे गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ । आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार स्थानीय रुद्रबहादुर खत्रीको घरमा तीन वटा शाखा सञ्चालन हुँदै आएको थियो ।

    आइतबार दिउँसो एक बजे बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    गाउँपालिकाले उक्त घरमा प्राविधिक शाखा, स्टोर शाखा र प्रधानमन्त्री रोजगार शाखा सञ्चालन गर्दै आएको थियो । घटना लगत्तै प्रहरी चौकी चौलाखर्कबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको टोली घटनास्थलमा पुगेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend