२०८३, आश्विन २२ गते

images

टोखा गोली प्रकरणमा लाल मोहम्मद हत्याका सुटर पक्राउ

टोखा गोली प्रकरणमा लाल मोहम्मद हत्याका सुटर पक्राउ

आइतवार, फाल्गुण १८ २०८१०९:५२
आइतवार, फाल्गुण १८ २०८१०९:५२
  • images

    काठमाडौं । टोखामा गोली प्रहार गरेर प्रहरीले पक्राउ गरेको गुड्डु पटेल भारतीय नागरिक भएको खुलेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज गोली चलाएर पक्राउ गरेको हो।

    पक्राउ परेका पटेल दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको प्रहरीले जनाएको छ। उनको हत्यामा पटेल सुटरको भूमिकामा रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्।

    सो प्रकरणका फरार आरोपीलाई खोजी गरिरहेको प्रहरी टोलीले उनलाई नेपाल आएको खबर पाएसँगै पिछा गरिरहेको थियो। सोहीक्रममा आरोपी पटेलले प्रहरीमाथि नै आक्रमण गरेपछि गोली हानेको प्रहरीले बताएको छ।  सुरुमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाइएपछि उनी घाइते भएको प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend