काठमाडौं । मनकामना दर्शन गरी फर्केकाे माइक्रोबस दुर्घटना भएकाे छ । गोरखाको शहीद लखन गाउँपालिका वडा नं- ३ मा भएकाे दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । साेहि दुर्घटनामा परीअन्य १४ जना घाइते भएका छन्।
आज बिहान ११ बजेर २५ मिनेटमा आँबुखैरेनी–गोरखा सडकखण्डमा ‘अनटेस्ट’ ईभी माइक्रोबस दुर्घटना भएको हो । उक्त माइक्राेबसमा मनकामना दर्शन गरि फर्केका दर्शनार्थीहरू सवार रहेका थिए। दुर्घटनामा घाइते भएकाहरूकाे यतिबेला तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेकाे छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय खुल्न सकेकाे छैन ।

